मोदीले नेपालसंगको सम्बन्ध विगारेकाे भारतको प्रमुख विपक्षी दलका अध्यक्ष राहुल गान्धीको आरोप


काठमाडौँ – भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीले नेपालसंगको सम्बन्ध विगारेकाे आरोप लगाएका छन् ।  मोदीले नेपाललार्इ झुटा आश्वासन दिएर आउने गरेको उनले टिप्पणी गरेका छन्।

युरोप भ्रमणमा रहेका गान्धीले नेपालमा यही भदौ १३ देखी १५ गते सम्म हुन गइरहेको चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी काठमाडौं आउनु केही दिनअघि बेलायतमा पत्रकार सम्मेलन गरेर टिप्पणी गरेका हुन् ।

गान्धीले नेपालप्रति चासो राख्दै भने मोदी नेपाल जान्छन् र एउटा कुरा भन्छन्, फर्केपछि अर्कै कुरा गर्छन्’, गान्धीले थपे, ‘न श्रीलंकासँगको सम्बन्ध राम्रोसँग सञ्चालन गर्न सकेका छन्, न त अफगानिस्तानसँग, न त चीनसँग पनि उस्तै समस्या छ।’ भारत सरकारको नेपालसहित अन्य छिमेकी देशहरुसँगको नीति असफल भएको बताएका छन् ।

रणनीति निर्माणमा देखिएको कमजोरी भारतको विदेश नीतिको ठूलो समस्या हो, अहिले विदेश नीति तदर्थवादमा चलेको छ’, गान्धीले भने, ‘नेपाल, श्रीलंका, अफागानिस्तान सबैसँगको सम्बन्ध असफल भएको छ।’

चार वर्षे कार्यकालमा ‘छिमेक पहिलो’ नीति लिएका मोदीले छिमेकी देशसँगकै सम्बन्ध बिगारेको र विदेश मामिलामा असफल भएको निष्कर्ष गान्धीले सुनाएका हुन्। छिमेकी मुलुकसँग विश्वासयोग्य समझदारीका लागि आफूले पनि त्यस्तै भूमिका निर्वाह गर्नुपर्ने सुझाव उनले मोदीलाई दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement