सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज


काठमाडौं – छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ ।

‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो ।

अब काम अघि बढेको छ ।’ नेपालमा निकै समयदेखि केरुङमा रेल आउने विषयमा चर्चा हुँदै आएको छ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement