पहिलोपटक भारतीय निजी रेल नेपाल आइपुग्यो


काठमाण्डु – भारतबाट पहिलोपटक निजी कार्गो रेल नेपाल आइपुगेको छ । आज पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी वीरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको हो ।

योसँगै नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि भारत सरकारको एकाधिकार तोडिएको छ । हिम्ड टर्मिनल प्रालीको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच पारवहन सम्झौता भएको थियो । सोहीअनुसार सम्झौता भएको करिब दुई महिनापछि भारतीय निजी रेल कम्पनीले नेपालमा ढुवानी सुरु गरेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement