यी प्रदेशमा आज राति भारी वर्षाको सम्भावना

यी प्रदेशमा आज राति भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बुधबार राति मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै मधेश प्रदेशका धेरै स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई, कोसीका हिमाली र पहाडी भूभाग, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका १/२ स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ ।