कोरोना संक्रमणबाट नेपाल प्रहरीका डिएसपीको निधन


काठमाण्डु – कोरोना भाइरस संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाण्डुमा कार्यरत डिएसपी राजकुमार केसीको निधन भएको छ ।

दुई हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि डीएसपी केसीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

काठमाण्डुको मूलपानी स्थायी घर भएका केसीको बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement