अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार


काठमाडौं–प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले भेनेजुयलाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको बताएका छन्।

संवाद चौतारीमा सोमबार आयोजित साक्षात्कारमा भट्टराईले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा सरकार अडिग रहेको बताए। सो नीतिमा विगतका दिनदेखि नै प्रष्ट रहेको नेपालको परराष्ट्र नीतिबाट नेपाल र अमेरिकाबीचको सौहार्द सम्बन्धमा कुनै आँच नआउने उनको दाबी छ।

भट्टराईले सार्वभौमसत्ता सम्पन्नमुलुक भेनेजुयलाकोे समस्या त्यहाँका जनताबाट नै समाधान हुनुपर्छ भन्ने विषयमा सरकार प्रष्ट रहेको बताए।

नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्ध स्थापनापछि नेपालको विकासका लागि अमेरिकाले आर्थिक, शैक्षिक, ऊर्जा धेरै क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै यसले दुई मुलुकबीच कुनै समस्या नआउने उनले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement