अभिनेता रजनीकान्तलाई दादा साहव फाल्के अवार्ड


काठमाण्डु – भारत सरकारले सोमबार सुपरस्टार अभिनेता रजनी कान्तलाई ५१औं दादा साहव फाल्के अवार्ड प्रदान गर्ने भएको छ । डाइरेक्टोरेट अफ फिल्म फेस्टिवल इन्डियाले भारतीय फिल्ममा सानदार योगदान गरेबापत उनलाई यो अवार्ड दिन लागिएको जानकारी गत अप्रिलमै दिएको थियो ।

रजनीकान्तले एक पोस्टमार्फत आफू दादा साहव फाल्के अवार्डबाट सम्मानित हुन पाउँदा निकै गर्व लागेको बताएका छन् । ‘अक्टोवर २५ मेरा लागि जीवनकै सबैभन्दा महत्वपूर्ण दिन हुनेछ,’ उनले लेखेका छन्, ‘मलाई एकसाथ दुईटा खुसी मिल्दैछ । पहिलो आमजनताको मायाका कारण सरकारले मलाई दादा साहव फाल्के अवार्ड दिँदैछ । दोस्रो, सोही दिन मेरी छोरी सौन्दर्या बिसागनले बनाएको निकै उपयोगी ‘हुट’ एप्स लन्च हुँदैछ । उक्त एप्स मेरो आवाजमा छ । यसमा मलाई निकै खुसी लागेको छ ।’

आफ्ना गुरु के.बालाचन्दरले आफूले दादा साहव फाल्के अवार्ड प्राप्त गरेको देख्न नपाएकोमा भने रजनीकान्तले दुःख व्यक्त गरेका छन् । उनका गुरुको केही वर्षअघि नै निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement