अमेरिका र भारतका लागी राजदूत सिफारीस खत्री र शर्माको एग्रिमो आउन किन भयो ढिलाई ?


काठमाण्डु– पूर्वपरराष्ट्रसचिव ज्ञानचन्द्र आचार्य बेलायतको राजदुत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आचार्यलाई बेलायतका लागि राजदूतमा नियुक्त गरेकी थिईन । उनि जसपाका अध्यक्ष उपेन्द्र यादवको सिफारीसमा राजदुत बनेका हुन ।

संसदीय सुनुवाइ समितिले उनको नाम २० मंसिरमा पारित गरेको थियो । बेलायत सरकारले उनको एग्रिमो दुई साता अघि पठाएको थियो । तर, प्रधानमन्त्री कार्यालयको निर्देशनमा परराष्ट्रमन्त्रालयले उनको नियुक्तिको प्रक्रिया अघि बढाएको थिएन ।

कांग्रेसको सिफारीसमा परेका अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र भारतका लागि प्रस्तावित राजदूत डा.शंकर शर्माको एग्रिमो नआएकाले आर्चायको नियुक्ति रोकिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा तिनै जनाको नियुक्ति एकै पटक गर्ने तयारीमा थिए । तर, राजदुत नियुक्त भएको दुई महिना हुंदासम्म पनि शर्मा र खत्रीको एग्रिको नआएकोले अन्तिममा आर्चायको नियुक्तिका लागी प्रक्रिया अघि बढाइएको परराष्ट्र स्रोतले बतायो ।

भारत,चीन र अमेरिकालगायत कतिपय देशहरुले एग्रिमो पठाउन ६ देखी ८ हप्तासम्म लगाउने गरेका छन् । तर, त्यो समय पुरा भइसक्दा पनि खत्री र शर्माको एग्रिमो अहिलेसम्म नआउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement