काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरिएको छ ।
समारोहमा उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाण्डुस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।
जापानका आवासीय आवासीय, तुर्कमेनिस्तानका गैरआवासीय, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओसका गैरआवासीय तथा इस्लामिक गणतन्त्र इरानका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
प्रतिक्रिया