अष्ट्रेलियाका लागी नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय


काठमाण्डु – सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटाबाट राजदूत नियुक्त भएका थिए । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई फिर्ता बोलाउने निर्णय भएको स्रोतले जानकारी दियो ।

उनी सन् २०१९ मा राजदूत नियुक्त भएका हुन् । यसअघि अष्ट्रेलियामा मानव तस्करीको आरोप लागेर माओवादीको कोटामा नै राजदूत नियुक्त भएकी लक्की शेर्पालाई पनि फिर्ता बोलाइएको थियो ।

त्यसैगरी सरकारले  कोभिड–१९को महामारीलाई मध्यनजर गर्दै जापानकी राजदूत प्रतिभा राणा र ओमानकी राजदूत शर्मीला पराजुली ढकालको अर्को व्यवस्था नभएसम्मको लागी पदावधी थप गर्ने निर्णय गरेको छ  ।

प्रतिक्रिया दिनुहोस
Advertisement