राष्ट्रपतिद्धारा तीन मुलुकका लागी राजदूत नियुक्त


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि आज आवासीय राजदूत पदमा नियुक्त गरेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियम अधिराज्यका लागि गेहेन्द्र अधिकारी, इस्लामिक गणतन्त्रका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement