चार देशमा राजदूत नियुक्त गर्दै सरकार,अमेरिकामा खत्री र भारतमा शर्मालाई राजदूत बनाउने तयारी


काठमाण्डु – सरकारले राजदूत नियुक्तीको तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड भ्रमणमा जानुअघि केही देशका लागी राजदूत नियुक्ती गर्ने तयारी छ । त्यसका लागी प्रधानमन्त्री देउवाले नामको टुंगो लगाइसकेको स्रोत बताउंछ ।

प्रधानमन्त्री शुक्रबार स्कटल्याण्ड  भ्रमणको लागी जांदैछन् । स्रोतले जनाएअनुसार सरकारले तत्काल भारत,चीन,बेलायत र संयुक्त अधिराज्य अमेरिकाको लागी राजदूत नियुक्त गर्ने तयारी गरेको छ ।

भारतका लागी नेपाली राजदूतमा डा.शंकर शर्मा, बेलायतको राजदूतमा डा.दिनेश भट्टराई, अमेरिकामा श्रीधर खत्री र चीनमा लिलामणी पौडेल वा प्रमेश हमालमध्ये एक जनालाई राजदूत पठाउने तयारी छ ।

चीनका लागी राजदूतमा झलनाथ खनाल प्रधानमन्त्री हुंदा उनका विदेश मामिला सल्लाहकार रहेका मिलन तुलाधारलाई पठाउन सिफारीस गरेपनि उनको नाममा सहमती नभएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement