भारतका लागि राजदूत शर्माले लिए पद तथा गोपनियताको शपथ


काठमाण्डु – भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत डा. शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्का उपस्थित थिए ।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा. शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement