लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयद्वारा राजीनामा

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानेर मन्त्री पदबाट राजीनामा दिएको पाण्डेयले बताए।

गत वैशाखमा मन्त्री बनेका पाण्डेयसहित विजय यादव र कल्पना पाण्डेयलाई जसपाले सरकारबाट फिर्ता हुन नमानेपछि कारबाही गर्दै सांसद पदबाट हटाएको थियो । सो निर्णयविरुद्ध तीनै जना अदालत गएका थिए । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

रुपन्देही क्षेत्रनम्बर ३ (१)बाट विजयी पाण्डेयले मन्त्री पद त्यागे पनि विजय यादव र कल्पना पाण्डेय भने सरकारमा कायमै रहेका छन् । लुम्बिनी प्रदेशमा जसपा ६ जना सांसदहरु रहेका थिए । पार्टीले कारवाही गरेपछि अव संसदमा जम्मा तीन जना सांसद रहेका छन् ।