काठमाण्डू–एमाले सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विद्धतामा प्रश्न उठाएका छन् ।
आर्थिक वर्ष २०८३/०८४ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा प्रतिनिधिसभामा मंगलबार बोल्दै उनले विद्वान अर्थमन्त्रीको विद्धता बजेटका सिद्धान्त र प्राथमिकतामा नदेखिएको बताए ।
‘तपाईं बहुत ‘ट्यालेन्ट’ हुनुहुँुदो रहेछ । ‘ट्यालेन्ट’ पनि हुनुहुँदो रहेछ । तर विद्वान कसरी बनिन्छ ? विद्वानको परिभाषा के हो ? यो बुझ्न न मन छ मलाई । तपाईंले राम्रो स्कुल पढ्नुभयो । तपाईंले दमदार भन्नुभयो । नेपाललको एक नम्बर अर्थशास्त्री स्वर्णिम वाग्ले’, राईले भने, ‘तर, सिद्धान्त र प्राथमिकता त्यस्तो देखिएन । के भयो त्यस्तो ?’
राईले अर्थमन्त्री वाग्लेलाई नेपालमा गाउँछ र गाउँमा भूईं मान्छेहरु छन् भन्ने अर्थमन्त्रीले नबुझेको आरोप लगाए । ‘गाउँमा भूईं मान्छेहरुले पनि यो मुलुक बनाउने योगदान छ भन्ने थाहा भएन होला’, उनले भने ।
जनताले चुनेर पठाएका जनप्रतिनिधिहरु रहेको थलो संसदमा सरकारको उपस्थिति नभएकामा राईले प्रश्न गरे । विनियोजन विधेयकमाथि छलफल भइरहँदा अर्थमन्त्रीसहित मन्त्रीहरु उपस्थित नहुनु गम्भीर विषय भएको राईले बताए ।
‘छलफल भइरहेका बेला, यस्तो काममा मन्त्रीहरु नभ्याएर अरु कममा लाग्नु ठीक कि बेठीक हो ? आज नेपाली जनताले यही प्रश्न गरिरहेका छन् । धनकुटाका जनताले पनि मलाई फोन गरेर यही प्रश्न गरिरहेका छन्’, राईले भने ।
पहाडबाट मानिसहरु धमाधम बसाई. हिंडिरहेको र गाउँघरमा सरकारको भन्दा बाँखदरको आतंक धेरै रहेको टिप्पणी गरे ।
गाउँघरमा मानिसको मृत्यु हुँदा मलामी पाउन छाडिएको भन्दै राईले ८३ प्रतिशत भू–भाग र ८४ प्रतिशत जनसंख्या ओगटेको पहाडी र हिमाली क्षेत्रलाई राज्यको नीतिमा प्राथमिकतामा नराखिएको टिप्पणी गरे ।




प्रतिक्रिया