झापा ३ मा लिङ्देन र सिटौलाबीच भिडन्त हुँदै, कसले मार्ला बाजी ?


काठमाण्डु- झापाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाबीच चुनावी भिडन्त हुने भएको छ ।

मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत झापाको क्षेत्र न. ३ मा लिङ्देन र सिटौला चुनावी मैदानमा उत्रिने भएका हुन् ।  लिङ्देन र सिटौला चुनावी मैदानमा उत्रिने पक्का पक्की नै भएपछि त्यहाँको चुनावी माहोल रोचक बनेको छ ।

झापाको क्षेत्र न. ३ मा चुनावी माहोल रोचक बन्नुको पछाडि केही रहस्य रहेको छ । जसअनुसार नेकपा माओवादी सशस्त्र युद्धपछि शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका सिटौला धर्म निरपेक्षताका हिमायती हुन् । सिटौला धर्म निरपेक्षताका कट्टर हिमायती मानिन्छन् ।

धर्म निरपेक्षताका हिमायती मानिने सिटौला अहिले हिन्दु राज्य पनु हुनुपर्छ भन्ने नारासाथ आन्दोलन गरिरहेका राप्रपा अध्यक्ष लिङ्देनसँग चुनावी मैदानमा उत्रिने भएका छन् ।  त्यसैले पनि हिन्दु धर्मका कट्टर पक्षधर र धर्म निरपेक्षतावादीबीचको चुनाव रोचक देखिन्छ ।

२०७४ सालमा एकातिर वाम गठबन्धन, अर्कोतिर सोही गठबन्धनसँग राप्रपाले तालमेल गर्दा नेपाली कांग्रेसका नेता सिटौला प्रतिनिधिसभा निर्वाचनमा झापा-३ बाट पराजित भएका थिए ।  २०७४ को चुनावमा लिङदेनसँग सिटौलाले चुनाव हारेका हुन् । त्यसबेला सिटौलालाई हराउन राप्रपाले नेकपा (एमाले) र माओवादीसँग गठबन्धन बनाएको थियो ।

अर्कोतर्फ त्यसबेला  भने संघीयता र धर्म निरपेक्षताविरुद्ध खासै माहोल बनिसकेको थिएन । तर, राप्रपाले अध्यक्षमा लिङदेनलाई चयन गरेपछि भने उनी झनै लोकप्रिय बन्दै गएका छन् । हाल उनले धर्म निरपेक्षता र संघीयताको विरोधको पक्षमा माहोल बनाइसकेका छन् । लिङदेनले भ्रष्टाचारलाई राष्ट्रिय अभियान नै बनाएका छन्। त्यसकारण उनी पछिल्लो समय जनता माझ लोकप्रिय बन्दै गएका हुन् ।

मंसिर ४ गते  हुने संघीय निर्वाचनमा लिङदेनलाई झापाको क्षेत्र न. ३ मा एमालेले सहयोग गर्ने भएको छ । भने, २०७४ सालको चुनावमा राप्रपालाई सहयोग गरेको माओवादी केन्द्रले भने हाल सिटौलालाई सहयोग गर्ने भएको छ । त्यस कारण पनि झापाको क्षेत्र न. ३ मा चुनावी माहोल रोचक बढ्दै गएको छ ।  गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार यो क्षेत्रमा नेपाली कांग्रेस पहिलो दल हुन सफल भएको छ ।

झापाको क्षेत्र न. ३ अन्तर्गत २८ वटा वडा पर्दछन् । जसमध्ये स्थानीय तहको निर्वाचनमा  कांग्रेस एक्लै १६ वडाको नेतृत्वमा जित निकालेको छ । उक्त क्षेत्रमा राप्रपा भने दोस्रो शक्तिको रुपमा चिनिएको छ । जसअनुसार राप्रपाले ५, एमालेले ४, माओवादीले २ र १ वडा स्वतन्त्रले जितेका छन् । वडागत मत परिणाम हेर्दा झापा ३ नम्बर क्षेत्रमा कांग्रेसले २५ हजार ९४९ मत प्राप्त गरेको छ ।

त्यसैगरी राप्रपाले २१ हजार १५९ मत ल्याएको छ । यता एमालेको २१ हजार ८५ मत र माओवादी केन्द्रको ६ हजार ६८८ मत छ । त्यस्तै जनता समाजवादीको ५३७ र नेकपा एकीकृत समाजवादीको १२ मत छ ।

स्थानीय तहको निर्वाचनको मत हेर्दा यसपालीको चुनाव जित्न सिटौलालाई त्यति सहज छैन् । सिटौलालाई पाँच दलीय गठबन्धनले सहयोग गरेपति उक्त क्षेत्रमा गठबन्धनमा आवद्ध दलहरु प्रभाव त्यति देखिएको छैन् ।

अर्को तर्फ राप्रपालाई नेकपा एमालेले सहयोग गर्ने पक्का पक्की नै भएको छ ।  राप्रपा र एमाले मिल्दा उक्त क्षेत्रमा ४२ हजार २४४ मत हुन्छ भने अन्य सत्तापक्षका दल मिल्दा जम्मा ३३ हजार १८६ मतमात्रै हुन्छ । त्यसकारण झापाको क्षेत्र न. ३ मा लिङ्देनको जित सुनिश्चित देखिएको छ । 

 

प्रतिक्रिया दिनुहोस
Advertisement