राजेन्द्र लिङ्देनलाई कमल थापाको आग्रह : सत्ताको फोहाेरी खेलमा नलाग्नुस्,सडकमा सँगै आन्दोलन गरौँ 


काठमाण्डु – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहरी खेलमा नलागी आन्दोलनका लागि सडकमा आउन आग्रह गरेका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले अध्यक्ष लिङ्देनलाई सो आग्रह गरेका हुन् ।

पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे । थापाले भने, ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाका लागि जनआन्दोलनको विकल्प छैन, राप्रपाले सडकमा आउने हिम्मत गरोस् , हामी सङ्गै आन्दोलनमा जान तयार छौ, नेतृत्व समस्याको विषय हुँदैन ।’

अध्यक्ष थापाले केशरबहादुर बिष्ट ,दुर्गा प्रसाईं , किशोरी महतो लगायत विभिन्न समुहमा रहेका शक्तिहरुलाई पनि एकताबद्ध भएर आन्दोलनको आधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे । ‘अहिले हामीलाई आन्दोलन चाहिएको छ, निकास चाहिएको छ, विकास चाहिएको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो,’ भदै थापाले भने, ‘ अहिले हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने र पद प्रतिष्ठा गौण विषय हाे ।’

प्रतिक्रिया दिनुहोस
Advertisement