राजेश हमालले गरे सिन्धुपाल्चोकका बाढी प्रभावितलाई सहयोग


काठमाण्डु – महानायक राजेश हमाललले सिन्धुपाल्चोकको बाढी प्रभावितलाई राहत वितरण गरेका छन् । महानायक हमाल हेल्प अर्गनाइजेसनको सहकार्यमा सोमबार सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरी पुगेर राहत सहयोग गरेका हुन् ।

हेलिकप्टर मार्फत हेलम्बु र पाँचपोखरीमा पुगेका महानायक हमालले बाढी प्रभावितका लागि सोलार, स्वास्थ्य सामाग्री र रकम सहयोग गरेका हुन् । उनले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यसअघि बाढी प्रभावित सिन्धुाल्चोक जिल्लामा श्वेता खड्का, आकाश श्रेष्ठ, पूजा शर्मा, दिपाश्री निरौला, स्वस्तिमा खड्का लगायत कलाकर्मीले राहत वितरण गरेका गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement