दीपाश्रीलाई राजेश हमालको जवाफः मलाई सम्मान नगरे पनि कलाकारितालाई सम्मान गर्नू !


काठमाडौं – केही दिनअघि कलाकार दीपाश्री निरौलाले महानायक राजेश हमालबारे प्राइम टाइम टेलिभिजनसँगको अन्तरवार्तामा दिएको अभिव्यक्ति यतिखेर विवादास्पद बनेको छ ।

अन्तरवार्तामा उनले भनेकी थिईन्, ‘उहाँ पहिले महानायक हुनुहुन्थ्यो । अहिले हुनुहुन्छ जस्तो लाग्दैन ।’ आफू महानायक बने पनि प्रोड्युसर, इन्डस्ट्रीको समग्र अवस्था त्यति उक्सिन नसकेको उनले आरोप लगाएकी थिईन् ।

दीपाश्रीले यस्तो अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा उनको आलोचना भयो । उनलाई व्यंग्य गरेर थुप्रै ट्रोल बने । दीपाश्रीले दिएको अभिव्यक्तिमा महानायक राजेश हमालले पनि प्रतिक्रिया जनाईहाले ।

‘जसले त्यो धारणा राख्नु भयो उहाँप्रति म एकदमै आक्रोशित भएर किन यस्तो भन्नु ? म यस्तो व्यक्ति हो भनेर त्यो विन्दुमा उत्रिनु आवश्यक छैन ।’ हमालले केन्द्रबिन्दु न्युज युट्युव च्यानलसँगको कुराकानीमा अगाडी भने, ‘उहाँ (दीपा श्री) कलाकारिता क्षेत्रमै हुनुहुन्छ, म उहाँलाई शुभकामना नै दिन्छु । मलाई सम्मान नगरे पनि कलाकारिता क्षेत्रलाई उहाँले सम्मान गर्नु हुन्छ होला ।’

हमालले खेपेको यस्तो आरोप पहिलो पटक भने होईन । यस भन्दा पहिले बिगत २५ वर्षमा थुप्रै पटक आरोप लागेको उनको अनुभव छ । ‘अहिले सामाजिक सञ्जालले धेरै कुरा थाहा हुन्छ,’ हमालले भने, ‘तर मेरै वरीपरी २४, २५ वर्षमा त्यस्तो अभिव्यक्ति दिने व्यक्ति मेरै वरिपरी हुनुहुन्थ्यो ।’

महानायक हमालबारे दीपाश्रीलाई एकछिनको चर्चा मिले पनि उनको अभिव्यक्तिले उनलाई घाटा नै पुर्याएको छ । सस्तो लोकप्रियताले क्षणिक चर्चा मिले पनि दिर्घकालिन रूपमा भने त्यसले कुनै फाइदा पुर्याउँदैन ।

आम दर्शकहरूले सामाजिक सञ्जालहरूमा राजेश हमालकै पक्षमा प्रतिक्रिया दिएका छन् । उनलाई लेजेन्ड भन्दै कसैले उनको स्थान लिन नसक्ने प्रतिक्रिया दिएका छन् । त्यस्तै दीपाश्रीलाई नकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement