वीरगंज महानगरका मेयर पक्राउ, के हो कसुर ?

वीरगंज महानगरका मेयर पक्राउ, के हो कसुर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले आज बिहान सिंहलाई ठोरीबाट पक्राउ गरेको हो ।

सिंहविरुद्ध जिल्ला अदालत पर्साबाट ८ दिनअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।

स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेको, सोही आधारमा नागरिकता र राहदानी बनाएर विदेश पठाएको आरोप छ।

मेयर सिंहविरुद्ध परेका चार वटा मुद्दामध्ये लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।