डिआइजी राजीव सुब्बाले दिए राजीनामा


काठमाडौं – नेपाल प्रहरीका प्राविधिक तर्फका डिआइजी डा. राजीव सुब्बाले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई राजीनामा पत्र बुझाएका हुन् ।

उनले आफूभन्दा जुनियर अधिकारी आइजी, एआइजी हुँदा पनि गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको  भन्दै असन्तुष्टी जनाएका थिए ।

डीआईजी बढुवाअनुसार हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, एआईजी सिफारिस भएकाहरु, प्रहरी अस्पतालकी एआईजी सिंहभन्दा उनी सिनियर अधिकृत हुन् ।

सुब्बाले २०५२ भदौमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । पछिल्लो समय उनी प्रहरीको सञ्चार निर्देशनालय प्रमुख थिए ।

डीआईजीका रुपमा उनको अझै एक वर्ष सेवा अवधि बाँकी थियो । आईजीको दरबन्दी सिर्जना भएको भए उनले थप ५ वर्ष प्रहरीमा सेवा गर्न पाउने थिए । यद्यपी उनको राजीनामा स्वीकृत भइसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement