आगामी फिल्ममा चुम्बन र बेडसिनको दृष्य नदिने : राखी सावन्त


एजेन्सी – बलिउडकी चर्चित नायिका राखी सावन्तले आगामी फिल्ममा चुम्बन र बेडसिनको दृष्य नदिने बताएकी छन् ।

केही समय अगाडि गोप्य रुपमा एनआरआइसँग बिबाह गरेकी राखीले भारतीय मिडियासँग कुरा गर्दै आफू अब बिबाहित भएको र त्यस्ता दृष्यहरु दिन नमिल्ने बताएकी हुन् । बलिउडमा उत्तेजक हाउभाउबाट नै चर्चामा आएकी राखी आफैले हनिमुनका तस्वीरहरु सार्वजनिक गरेपछि उनको विवाहको खबर बाहिरिएको थियो ।

उनले भनिन्, पहिला म एक्लो थिएँ । जे गरे पनि आफ्नो रुचीले गर्थेँ । अहिले म बिबाहित छु । मेरो श्रीमानलाई आपत्ती लाग्ने कुनै दृष्यहरुमा काम गर्नेछैन ।’

कुनै पनि चलचित्रबाट अफर आयो भने श्रीमानलाई सल्लाह लिएर काम गर्ने उनको भनाई छ । उनले थपिन्, ‘मलाई श्रीमानले धेरै माया गर्नुहुन्छ । त्यसैले मैले पनि उहाँको चित्त दुखाउन हुन्न ।’

प्रतिक्रिया दिनुहोस
Advertisement