रक्षा मन्त्री पोखरेल र जापनका राजदुत अोगावाबिच भेटवार्ता, सुरक्षाको विषयमा भयो यस्तो छलफल


काठमाडौं- रक्षा मन्त्री इश्वर पोखरेल र नेपालका लागि जापनका राजदुत मासासि अोगावाबिच भेटवार्ता भएको छ । आज सिंहदरवारस्थित मन्त्रीको कार्यकक्षमा भएको भेटमा नयाँ सरकार गठन, दुई देशबिचको सम्बन्ध र सुरक्षाका विषयमा छलफल भएको छ ।

राजदुत मासासि अोगावाले नयाँ सरकारको जापान सरकारले समर्थन गरेको बताएका छन् । उनले जापानले सधै‌ नेपालको हितमा काम गर्ने बताउँदै अबको दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्दता जनाएका छन् ।

अोगावाले शान्ति प्रक्रियापछि नेपाली सेनासँगको सम्बन्ध झन् बलियो भएको बताउँदै अागामी दिनमा पनि जापान र नेपालबिच उस्तै सम्बन्ध कायम हुनेमा विश्वास व्यक्त्त गरे ।

उनले नेपालको शान्ति सुरक्षामा जापानको पनि चासो भएकाले सहयोगको लागि हरदम तयार भएको बताए ।

रक्षा मन्त्री पोखरेलले भुकम्पको समयमा जापान सरकारले नेपाल सरकारलाई गरेको सहयोगको लागि धन्यबाद दिएका छन् । उनले  नेपालको विकाश र समृद्धिमा जापान सरकारको सहयोग रहने समेत अाशा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement