राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित नुवाकोटको अवलोकन (तस्बिरहरू)

राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित नुवाकोटको अवलोकन (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी नदीमा आएको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेल सोमबार नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।

साथै राष्ट्रपति पौडेलले खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनर्स्थापनालगायत विषयमा जानकारी लिएका छन् ।

अवलोकनका क्रममा उनले नुवाकोटको विदुरस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू र अन्य सरोकारवालासँग जानकारी लिए । नुवाकोटको स्थलगत अवलोकन र जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवाका बाढीपीडितका समस्याच बुझ्न त्यसतर्फ लागेका छन् ।