रामप्रसाद भट्टराईको उपचारमा सहयोग गर्न परिवारकाे अपिल


काठमाण्डु-  मृगौला पिडित रामप्रसाद भट्टराईको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ निवासी ५० बर्षीय भट्टराईकोे १० बर्ष अघि दुवै मृगौला फेल भए पछि प्रत्यारोपण गरिएको थियो ।

प्रत्यारोपण पछि उनलाई प्यारालाइसिस भएको परिवारले जनाएको छ । विगत १० बर्षदेखी परिवारले उपचार गरिरहेको छ । उनको उपचारका कारण आर्थीकअवस्था कमजोर बनेपछी सहयोगको याचना गरेका हुन् ।

रामप्रसादलाई अहिले मृगौलामा समस्याका साथै प्यारालाइसिस, क्षयरोग, मधुमेह, सुगर, प्रेसर लगायतको दीर्घरोगहरु समेत देखिएको उनका छोरा निरज भट्टराईले बताए । उपचारमा आर्थिक अभाव भएपछि सहयोगको लागि उनको परिवारले अपिल गरेको हो ।

सहयोगको लागि हिमालयन बैंकको कावासोती शाखामा निरज भट्टराईको नाममा रहेको खाता नम्वर ०३८०९३९२५९००१८ मा सहयोग गर्न सकिने बताइएको छ । यस्तै ९८२१५०९६०२ मा सम्पर्क गरेर सोझै सहयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement