रामारोशन गाउंपालिकामा बिना प्रतिस्पर्धा गरिएको ठेक्काप्रति अखिल क्रान्तिकारी अछामको आपत्ति


काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अछामले जिल्लामा भएका भ्रष्टचारको विरोध गरेको छ ।

अछाम जिल्लाको रामारोशन गाउंपालिकामा ४वटा विद्यालयको भवन निर्माण सम्बन्धमा गाउपालिकाद्धारा म्याद थपको सूचना जारी नगरि मिलेमतो र कमिसनको चलखेलका आधारमा बिना प्रतिस्पर्धा गरिएको ठेक्का प्रक्रियाप्रति आपत्ति जनाएको हो ।

हाम्रो गौरवशाली संगठन अखिल क्रान्तिकारी शैक्षिक क्षेत्रमा हुने सबै खाले विकृत्ति विसंङतिका विरुद्ध रहने सबैमा सर्विविदत्तै छ,। बिहीबार जारी विज्ञप्तीमा भनिएको छ ।

कोरोना महामारीको कहरमा लकडाउनले सबै कामकाज रोकिएको बेला गुपचुप रुपमा बजेटको मापदण्ड विपरित कमिशनको चलखेलमा अगाडी बढाईएको कमसल भवन निर्माणको प्रक्रिया तत्काल रोक्न गाउंपालिकालाई अछाम जिल्ला अखिल क्रान्तिकारी अध्यक्ष रमेश वि.सि समिरले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement