काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीलाई अन्य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले उनलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा उनको नियुक्तिबारे उल्लेख गरिएको छ ।

प्रतिक्रिया