कांग्रेसमा गुटगत भेला बढ्यो : पौडेलले पनि बोलाए आफू निकट केन्द्रीय सदस्य

कांग्रेसमा गुटगत भेला बढ्यो : पौडेलले पनि बोलाए आफू निकट केन्द्रीय सदस्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

नेता पौडेलले १४ औं महाधिवेशनबारे छलफल गर्न आज दिउँसो २ बजे बसुन्धरास्थित दियालो फूडल्याण्डमा केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन् ।

शेरबहादुर देउवा, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमानसिंहलगायतका नेताहरुले गुटगत छलफललाई तिव्रता दिएपछि सभापतिमा उठ्ने तयारी गरिरहेका नेता पौडेलले पनि आफूनिकट केन्द्रीय सदस्यहरुको छुट्टै बैठक बोलाएका हुन् ।

देउवा, निधि, वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापति उठ्ने बताइरहेका छन् ।