चिनियाँ राजदूत यान्छी र कांग्रेसका नेता पौडेलबीच भेटवार्ता


काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार पौडेल निवास बोहराटारमा राजदूत यान्छी र नेता पौडेलबीच भेटवार्ता भएको हो ।

राजदूत यान्छीसँग ‘नेपाल र चीनबीच सुमधुर र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेटवार्ता भएको’ पौडेलको सचिवालयले जानकारी दिएको छ ।

उक्त भेटमा बीपी कोइराला र माओत्से तुङका पालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धको चर्चा भएको जनाइएको छ ।

चीनले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपालमा कोरोना नियन्त्रणका लागि गरेको सहयोगबारे पनि कुराकानी भएको पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement