‘प्रेमिका’ हत्याकाण्डमा ‘प्रेमी’ प्रकाशलाई जन्मकैदको फैसला, थप ६ जना पनि जेल चलान


कञ्चनपुर– जिल्ला अदालत कञ्चनपुरले रामदुलारी हत्याकाण्डका मुख्य अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ।

 

 

जिल्ला अदालत कञ्चनपुरका मुख्य न्यायाधीश प्रकाशकुमार अधिकारीको बुधबारको एकल इजलासले राम दुलारी हत्याकाण्डका मुख्य अभियुक्त प्रकाश मल्ललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो।

 

 

 

कञ्चनपुरको बेदकोट नगरपालिका १ चम्फापुरकी रामदुलारी रानाको शव गत जेठ १८ गते राति फेला परेपछि प्रहरीले मल्लसहितलाई कर्तव्य ज्यान मुद्दा चलाएको थियो।
प्रकाश रामदुलारीका ‘प्रेमी’ हुन्।

 

 

 

राना परिवारका अनुसार रामदुलारीका श्रीमान विदेश भएको मौकामा प्रकाशले रामदुलारीसँग प्रेम सम्बन्ध राखेका थिए। प्रेमको चरम उत्षर्कमा पुगेका प्रकाशले उनीसँग विवाह गर्ने प्रस्ताव राखेका थिए। तर, घटनाले अन्तै मोड लिएको थियो।

 

 

 

उक्त घटनामा संलग्न भएको भन्दै अदालतले प्रकाशका बाबु इन्द्रबहादुर मल्ल, लक्ष्मी मल्ल, डम्मर मल्ल, मीनादेवी मल्ल, रतना मल्ल र राजेन्द्र रानालाई कैद फैसला सुनाएको छ।

 

 

 

जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी अम्बादत्त भट्टका अनुसार इन्द्र, लक्ष्मी, डम्मर, मीना र रतना मल्ललाई तीन–तीन वर्ष तथा राजेन्द्र रानालाई एक वर्ष कैदको फैसला गरिएको छ। मल्ल सबै एक परिवारका सदस्य हुन्।

 

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement