गढीमाई मेलाको सुरक्षामा कुनै कमजोरी नगर्न गृहमन्त्री लेखकको निर्देशन

गढीमाई मेलाको सुरक्षामा कुनै कमजोरी नगर्न गृहमन्त्री लेखकको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – गृहमन्त्री रमेश लेखकले बाराको वरियारपुरस्थित गढीमाईको पूजाअर्चना गरेका छन् ।

गृहमन्त्री लेखकले लाखौं श्रद्धालु भक्तजनहरूको भीडभाडमा उपस्थित भई पूजा गरेका हुन् ।

विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रियस्तर एउटै ठूलो पहिचान दिएको भन्दै गढीमाई मन्दिरको संरक्षणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए ।

गढीमाई मेलालाई व्यवस्थित बनाउनको लागि आफूले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरी प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको मन्त्री लेखकले बताए ।

मेलामा दर्शनार्थीहरूको चाप बढी हुने गरेकाले आवश्यक परेमा सुरक्षाकर्मी खटाइने गृहमन्त्री लेखकले बताए । उनले पूजा–अर्चनापछि बारा र पर्साका जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसँग भेटेर मेलामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाई सूक्ष्म निगरानी राख्न निर्देशन दिए ।

‘मेलामा आउने हरेक श्रद्धालुभक्तजनहरूको सुरक्षामा कुनै कमी नहोस् भनेर सुरक्षा निगरानी राख्न सीसीटीभी क्यामरा, सुरक्षा सर्वेलान्स, हरेक उपकरणको प्रयोग गरेर निगरानी गर्नुहोला,’ उनले भने ।