काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सरकारको आलोचना गर्नेहरूलाई तथ्य–तथ्यांक हेर्न सुझाव दिएका छन् ।
बुधबार बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्री लेखकले सरकारले राम्रो काम गरिरहेको दाबी गरे ।
पछिल्लो समय आर्थिक सूचकांक सुधारतिर गएको उनले बताए । सरकारको सेवा प्रवाहमा पनि सुधार भएको उनले बताए ।
उनले भने, ‘नेताहरू आ–आफ्नो ढंगले बोल्नुहुन्छ त्यसमा टिप्पणी मेरो केही छैन । पछिल्लो समय आर्थिक सूचकांक सुधारतिर गएको छ । सेवा प्रवाहमा पनि सुधार भएको छ । परिणामले देखाएको छ– राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ । तथ्य र तथ्यांक हेरौं भाषणमा मात्र टिप्पणी गरेर हुँदैन ।’
सरकार ढल्ने भन्दै बाहिर आएका कुरा असत्य रहेको उनले स्पष्ट पारे । कांग्रेस महामन्त्री गगनकुमार थापा समेतले सरकारको आलोचना गरिरहेका बेला संयन्त्रको बैठक बसेर हल्लाहरूलाई मत्थर पारेको छ ।
प्रतिक्रिया