सरकार घरघरमै पासपोर्ट पु-याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरैसम्म पुगेको छः सांसद् मल्ल

सरकार घरघरमै पासपोर्ट पु-याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरैसम्म पुगेको छः सांसद् मल्ल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद् रमेशकुमार मल्लले राहदानी लिनेको लामो लाइन लागेको विषयमा सरकारलाई ब्यंग्य गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘नागरिकका घरघरमै पासपोर्ट पु¥याउने’ सरकारको घोषणाविपरीत पासपोर्ट लिनेको लामो लाइन लागेको भन्दै ब्यंग्य गरेका हुन् ।

मल्लले उस्तै लाइन अन्य सरकारी कार्यालयमा पनि हुने गरेको बताए ।

‘सरकार पासपोर्ट घरसम्मै पु–याउँछु भन्दै थियो, तर पासपोर्ट लिनेको लाइन घरैसम्म पुगको छ’, मल्लले भने, ‘ त्यस्तै लाइन सरकारी सेवा प्रदायक अन्य कार्यालयमा लागेको छ ।’

मल्लले घरघरमा खाना पकाउने एलपी ग्यास र किसानले रासायनिक मल नपाएको विषय पनि उठाए ।

‘उपभोक्तालाई खाना पकाउने ग्यास र किसानलाई मलको अभाव कायमै छ । महंगीका कारण नागरिक सास्ती व्यहोरिरहेका छन्’, उनले भने ।

सरकारले चिकित्सा शिक्षा आयोगका पदाधिकारी बर्खास्त गरेको र नयाँ नियुक्ति नगरेका कारण लामो समयदेखि चिकित्सा शिक्षाको प्रवेश परीक्षासहित सबै परीक्षामा अनावश्यक ढिलाइ भएको भन्दै आयोगमा तत्काल रिक्त निर्देशकहरु नियुक्त गरी परीक्षाको वातावरण बनाउन सरकारसँग माग गरे ।