केही पदाधिकारीले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन : रामकुमारी झाँक्री

केही पदाधिकारीले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन : रामकुमारी झाँक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरा निराधार रहेको बताएकी छिन्।

पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको र स्पष्टीकरण मागिएको कुरामा कुनै सत्यता नरहेको बताएकी हुन् ।

उनले पार्टीका जिम्मेवार पदाधिकारीहरू मिडिया, सोसल मिडिया र भर्चुअल प्लेटफर्ममा समेत आफ्नाविरुद्ध हिंसात्मक ढंगले बोलेको भन्दै आपत्ति जनाएकी छन् ।

‘‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन,’ झाँक्रीले भनिन्, ‘टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसावले। १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो।यसरी उहाँहरू बोलिरहँदा पार्टी नेता र पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु।’

उनले पार्टीको सचिवालय बैठकमा बोलाउन माग गर्दै आफू निवेदन लिएर पार्टी कार्यालय पुगेको बताइन् ।

‘जिम्मेवार पदाधिकारी बोलिरहेको विषयमा के हो त, स्पष्टीकरण मलाई पनि नसोध्ने, बाहिर–बाहिर सोध्ने के हो कुरा ? तपाईंहरूको बैठकमा मलाई बोलाउनुस्, म त्यसको जवाफ स-विस्तार दिन्छु,’ उनले भनिन्, ‘म कुन कन्टेस्टमा बोलेँ, कुन कन्टेन्टमा बोलेँ । मेरो कुराको भनाइ के हो र गलत हो भने कसरी हो ? त्यसमा म हरप्रकारको तथ्य प्रमाण बैठकमै उपस्थित भएर बोल्छु भनेर एउटा निवेदन लिएर आएको हुँ ।’