प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन सबै दल एकजुट हुनुपर्छ : बिडारी


काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन सबै दलहरूले एकजुट हुनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले न्यायालय बलियो बनाउन सबै दल एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए । उनले भने, ‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ । न्यायालय बलियो बनाउनुपर्छ । यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ ।’ त्यसैगरी नेता बिडारीले जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन् ।

तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ । यता नेकपा एमालेका स्थायी कमिटी सदस्य केशब बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement