नेपालमा टिकाऊ राजनीतिक स्थिरता भारतको हितमा छः रञ्जित रे


काठमाण्डु – नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपाल द्वन्द्वतर्फ धकेलिएको बताएका छन् ।

सोमबार हिन्दुस्तान टाइम्समा प्रकाशित ‘इन काठमान्डु, अ थ्रेट अफ डेमोक्रेसी’ शीर्षकको लेखमा रेले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई द्वन्द्वतर्फ धकेलेको बताएका छन् ।

‘प्रतिनिधसभा विघटनले नेपालमा राजनीति संकट बढाउने र मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने संकेत देखापरेका छन्’, उनले भनेका छन्, ‘कोरोना महामारीको कारणले संकटमा रहेको नेपाललाई राजनीतिक गतिरोधले थप अस्थिरतातर्फ धकेल्ने देखिन्छ ।’

पूर्वराजदूत रेले भारतले नेपालमा सदैव बहुदलीय लोकतन्त्र र प्रगतिशील परिवर्तनलाई समर्थन गरेको बताएका छन् । उनले भारत सँधै नेपालमा राजनीतिक स्थायित्व चाहने छिमेकी मित्र राष्ट्र भएको बताएका छन् ।

‘नेपालमा टिकाऊ राजनीतिक स्थिरता भारतको हितमा छ । अस्थिरताले केवल नेपाललाई बाह्य प्रभावहरूमा कमजोर पार्दछ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement