रानु मण्डलले अत्यधिक मेकअप गरेपछि…


एजेन्सी – लता मंगेसकरको गीत गाएर चर्चामा आएकी रानु मण्डल विवादमा तानिएकी छन् । युट्युवमा ‘एक प्यारका नग्मा हे’ गाएपछि चर्चित बनेकी र अत्यधिक मेकअप गरेपछि विवादमा तानिएकी हुन् ।

युट्युबमा लता मंगेसकरको गीत गाएको देखेपछि भारतका चर्चित गायक तथा संगीत निर्देशक हिमेस रसमियाले रानु मण्डललाई भेटेर गीत गाउने अवसर दिएका थिए । हिमेसको ‘तेरी मेरी कहानी’नामक गीत गाएपछि रानु मण्डलको जीवनमा ठूलो परिवर्तन आएको थियो । उनी सडकबाट स्टेजसम्म पुगिन ।

हालै एक कार्यक्रमा हिमेससँगै पुगेकी रानु अत्यधिक मेकअपमा देखिएपछि यतिबेला इन्टरनेटमा उनको फोटो भाइरल हुनुका साथै सामाजिक संजालमा उनको तीव्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement