सहकर्मी महिलामाथि बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ


कैलाली – बलात्कारको आरोपमा गाउँपालिकाका एक जना अधिकृत पक्राउ परेका छन् । जोशिपुर गाउँपालिकामा कार्यरत अधिकृतलाई सहकर्मी महिलामाथि कलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

अधिकृत भानुभक्त उपाध्यायले आफूलाई बलात्कार गरेको भन्दै सोही गाउँपालिकामा कार्यरत महिला कर्मचारीले प्रहरीमा उजुरी दिएकी थिइन् । ति महिलाले उपाध्यायले डर धम्की देखाएर बलात्कार गरेको प्रहरीलाई बताएकी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका उपाध्यायमाथि जबरजस्ती करणीमा मुद्दा दर्ता भएको र थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement