तीन बर्षीया बालिका बलात्कार अभियोगमा ६० बर्षिया बृद्ध पक्राउ


-उत्तम कुमार थापा

बझाङ – बझाङमा तीन बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ६० बर्षिया एक बृद्ध पक्राउ परेका छन् । बझाङ जिल्लाको छविस पाथिभेरा गाउँपालिका ३ सोती गाउँ घर भएका ६० बर्षिया रामभक्त दमाईलाई ३ बर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गराएपछि मङ्गलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा सेवन गरी राति १० बजे तिर घरमा आएर ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पिडितकी आमाको आरोप छ ।

मदिरा सेवन गरेर राति आफूमाथि जबरजस्ती करणी प्रयास गरेको र आफू उम्केर भाग्दा नाबालिका छोरीमाथि करणी गरेको उनको भनाइ छ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामभक्तलाई पक्राउ गरी जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरी दत्त पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement