जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ


भक्तपुर – जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ सेर्माथान बस्ने २४ वर्षीय अरुण लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई लामाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-९ च्यामासिंहबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement