सम्झना हत्या प्रकरणमा राजेन्द्र अर्को कर्तुतः साउन २९ गते अर्की बालिकामाथि बलात्कार !


बझाङ – बझाङमा हत्या गरिएकी १२ वर्षीया बालिकालाई मन्दीरभित्र बलात्कार गरेको खुलेको छ ।

प्रहरीले १२ वर्षीया बालिका सम्झना विकलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा मष्टा गाउँपालिका–२ खिकाला बस्ने २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

गत बुधबार बेलुका बोहराले गोरू पुर्‍याउन भनी आफ्नो घरबाट छाना (गोठ)मा गएकी ती बालिकालाई मष्टा गाउँपालिका–२ स्थित शिवमाण्डौ मन्दिरभित्र बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

हत्यापछि बोहरा आफ्नै घरमा लुकर बसेका थिए । त्यस्तै राजेन्द्रले साउन २९ गते सोही स्थानकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । राजेन्द्रले १३ वर्षीया बालिकालाई घट्टामा पिठो लिन गएको अबस्थामा गत साउन २९ गते साँझ जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बझाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement