काठमाण्डुमा विवाहको प्रस्ताव गरेर महिलामाथि बलात्कार, सुन र पैसा बोकेर फरार


काठमाण्डु – बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विवाह गर्छु भनिेर ललाई फकाई गरी जबरजस्ती बलात्कार गरेरधनमाल समेत ठगी गरी फरार भएका थिए ।

प्रहरी उक्त घटनामा संलग्न रहेको आरोपमा चन्द्रागिरि नगरपालिका–६ बस्ने धादिङ सिद्धलेख गाउँपालिका–७ का ३० वर्षीय राजन बिश्वकर्मा भन्ने राजन सेन्चुरीलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले काठमाण्डु चन्द्रागिरी नगरपालिका–६ थानकोट चेकपोष्टबाट उनलाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान गर्ने क्रममा राजनले महिलालाई केही महिना अगाडि फोन गरी आफ्नो नाम राजन श्रेष्ठ बताइ भेटघाट गर्न बोलाएको र भेटघाटमा आफू अविवाहित पुरुष भएको बताएका थिए ।

भेटघाटमा राजनले विवाह गर्न राखेको प्रस्ताव स्वीकार गरी उनीहरुले प्रेम विवाह गरेर साउन १६ गते देखि २१ गतेसम्म थानकोट चेकपोष्टस्थित डेराकोठामा बसेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै साउन २२ गते राजनलाई कोठामा नदेखि खोजी गर्दा दराजमा राखेको नगद २ लाख रुपैयाँ, १ तोला बराबरको सुनको सिक्री, १ तोला बराबरको सुनको रिङ र १ थान मोवाइल राखेको स्थानमा नभएको तथा राजन सम्पर्क विहिन भएका थिए ।

राजन उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी तथा ठगी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

त्यस्तै प्रहरीले शंखरापुर नगरपालिका–१ भुजेलटोल बस्ने ४० वर्षीय टेक बहादुर भुजेललाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ गरेको छ । भुजेलले ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नाङलेभारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement