सिराहामा ११ वर्षीया बालिका बलात्कृत, अाराेपित फरार


लहान– लहानको सिरहा नगरपालिकामा ११ वर्षीया बालिका बलात्कृत भएकी छन्।

घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले मुख थुनेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ ।

घटनालाई स्थानीयस्तरमै मिलापत्र गर्ने प्रयास भए पनि बालिकाको रक्तश्राव नरोकिएपछि घटना तीन दिनपछि शनिबार सार्वजनिक भएको हो

आरोपी ठाकुर फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement