काठमाण्डुमा सात वर्षीया बालिकामाथि बलात्कार, बाबु पक्राउ


काठमाण्डु – काठमाण्डुमा आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । प्रहरीले छोरीमाथि बलात्कार गरेको आरोपमा काठमाण्डुको शंखमुलबाट ४० वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

काठमाण्डु महानगरपालिका–३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषले आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।

उनले छोरीमाथि पटक–पटक बलात्कार गरेका थिए । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुरुषबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement