भाई भेट्न मुम्बई हिडेकी एक नेपाली महिलाको दिल्लीमा सामूहिक बलात्कार


काठमाडौं – दिल्लीमा २४ वर्षीया एक नेपाली महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् । काठमाडौंबाट आफ्नो भाइलाई भेट्न मुम्बई जाने क्रममा ती महिला चार जना पुरुषबाट बलात्कृत भएकी हुन् । दिल्ली प्रहरीले ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ ।

ती महिलाले आफूलाई बलात्कार गर्ने पुरुषहरुको नाम पनि प्रहरीलाई दिएकी छिन् । उनले ती पुरुषमध्ये एक जनाको फोन नम्बर पनि प्रहरीलाई दिएकी छिन् ।

पीडित महिलाले आफू काठमाडौंबाट आएको बताएकी छिन् । उनी शनिबार नै दिल्ली पुगेकी थिइन् । उनी दिल्लीबाट मुम्बईको लागि रेल चढ्ने तयारीमा थिइन् । तर उनको मुम्बई जाने रेल छुट्यो ।

उनले मुम्बई प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘म दिल्लीको द्वारका नजिकको एक बजारमा थिएँ । त्यहाँ एकजना पुरुषसँग भेट भयो र उनले मलाई शहरसम्म पुग्नको लागि सहयोग गर्छु भने । पीडित महिलालाई ती पुरुषले केही समय आराम गर्न भन्दै एउटा घरमा लिएर गए । घरमा पुगेपछि ती युवकले उनीमाथि यौन दुर्व्यवहार गर्न थाले । पछि उनले आफ्ना तीन जना साथीलाई बोलाए र बलात्कार गरे ।’

बलात्कृत भैसकेपछि उनी लरखराउँदै रेलमा चढेर मुम्बईसम्म आइपुगेको प्रहरी अधिकारीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement