नयाँ बसपार्कको गेष्ट हाउसमा एक महिला बलाकृत, ७ जना पक्राउ


काठमाण्डु – गंगबूको नयाँ बसपार्कस्थित गेष्ट हाउसमा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रहरी प्रमुख एसएसपी सुदीप गिरीका अनुसार पीडित महिलाका आफन्तले उजुरी दिएपछि सीसीटीभी फुटेजको आधारमा उनीहरुलाई काठमाण्डुको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

बलात्कारमा संलग्न ९ जनामध्ये २ जनालाई पक्राउ गरिएको र अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको उनले जानकरी दिए । गएको सोमबार अर्थात पुस १२ गते सुर्खेतबाट काठमाण्डु आएकी ३३ वर्षीया महिलालाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement