राप्ती नदीमा फसेका ४ जनाको सशस्त्र प्रहरीद्धारा १९ घण्टापछि उद्धार


काठमाण्डु – सशस्त्र प्रहरीले बाढीको कारण १९ घण्टादेखि राप्ती नदीको टापुमा फसेका चार जनाको उद्धार गरेको छ ।

लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरमा भैंसी पाल्नका लागि अस्थायी गोठ बनाएर बसेका स्थानीय ४८ बर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ की ४५ बर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर ३ का २६ वर्षीय गणेश यादव वेला घाटबीच टापुमा फसेका थिए ।

सशस्त्र प्रहरी बल २९ ज्वाला माई गणबाट प्रहरी उपरीक्षक टोप बहादुर खनालको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टापुमा फसेका उनीहरूलाई आज उद्धार गरेको हो ।

राप्ती नदिकोबीच टापुमा मंगलबार दिउँसो २ बजेदेखि फसेका चार जनाको उद्दार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए । उनिहरुकाे १७ ओटा भैंसी टापुमै फसेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement