बेइजिङ- चिनियां राष्ट्रपति बेइजिङ राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनले बेइजिङमा भव्य स्वागत गरेको छ । बेइजिङको सरकारी मुख्यालय ग्रेट हलमा सैनिक सलामी र तोपसहित चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका हुन्।
स्वागतको क्रममा नेपाल र चीनको राष्ट्रिय धुन बजाइएको थियो भने तियानमेन चोकमा दुई देशका झण्डा फहराइएको थियो। चीनको सैन्य टुकडीले राष्ट्रपति भण्डारीलाई सैन्य सलामी दिनुको साथै तोप पड्काएर स्वागत गरेको थियो।
बीआरआई दोस्रो अन्तर्रा्ष्ट्रिय सम्मेलनमा सहभागी हुन बेइजिङ पुगेकी राष्ट्रपति भण्डारी र चीनका राष्ट्रपति सीबीच सोमबार नै दुई पक्षीय भेटवार्ता भएको छ। भेटवार्ताको सुरुमै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन।
फोटो :सिन्ह्वा
प्रतिक्रिया