काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल ले कृषकको सम्मानलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा काठमाण्डुमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले किसानको प्रगतिसँगै देशको समृद्धि जोडिएको उल्लेख गरे।
उनले किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको बताउँदै कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
श्रम संस्कृतिको विकास आधुनिक प्रविधिको प्रयोग र कृषि क्षेत्रमा युवा सहभागिता बढाउन राज्य, निजी क्षेत्र र सरोकारवाला सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको मूल आधार बनाउन योजनाबद्ध नीति आवश्यक सुधार गर्नुपर्नेमा जोड दिए ।
विदेशबाट फर्किएका युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्ने भन्दै कृषि क्षेत्रलाई उद्योगको कच्चा पदार्थको प्रमुख स्रोतका रूपमा विकास गर्नुपर्ने बताए ।
सो अवसरमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागका १४ जना कृषकलाई जनही २ लाख नगद प्रमाणपत्रसहित उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेका थिए ।




प्रतिक्रिया