राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै आजबाट देशभर जनगणना सुरु


काठमाण्डु – आजबाट देशभर जनगणना सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण संकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहित गणकहरु शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीको पहिरो विवरण संकलन गरेका हुन् । गणकहरुले सोधेका प्रश्नको राष्ट्रपति स्वयम्ले जवाफ दिएकी थिइन् ।

बिहान ९ बजे गणक टोली शीतलनिबास पुगेर राष्ट्रपति भण्डारीको परिवारको गणना गरेर जनगणना कार्य शुरु गरिएको तथ्यांक विभागले जनाएको छ । गणना एकदमै गोप्य तरिकाले गरिएको र जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको जनगणना प्रमुख ढुण्डीराज लामिछानेले बताए ।

राष्ट्रपतिपछि प्रधानमन्त्री शेरबहादुर देउवाको जनगणना गरिँदै छ । साथै देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देशैभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement